सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ साउन ।
संघीय सांसद प्रदीप यादब र वीरगंज महानगरका मेयर राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको वीमनपा वडा नं. ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गर्नुभएको छ ।
पछिल्लो दुई दिनको वर्षातले पानीको बहाव बढे पछि उत्पन्न प्रस्थिति बारे बुझ्न जनता समाजवादी पार्टीका नेताद्वय समेत रहेका सांसद यादव र मेयर सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको वीमनपा वडा नं. ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गर्नुभएको हो ।
सो अवसरमा पुर्व मन्त्री समेत रहेका सांसद यादबले भेडाहा खोलामा ड्याम लगाइए मात्रै डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी वीमनपाका मेयर सिंहले डुबानको समस्या दीर्घकालिन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुंदा ढिलाई हुन पुगेको बताउदै चाडै सम्पन्न गराउन लागि परेको बताउनु भयो ।
तत्काललाई पानी निकासा हुने गरि व्यवस्था मिलाउने र डुबानमा परेकाहरुका लागि उचित राहतको ब्यवस्था मिलाउने पनि उहाले बताउनु भयो ।
भेडाहा खोलाको बाढी वीरगंजको सिर्सिया नदीमा समेत छरिएर आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रुपमा भरिएको छ ।
डुबान क्षेत्रको सांसद यादब र मेयर सिंहले गरे अवलोकन

Facebook Comments Box