सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ साउन ।
नेपाल उद्योग वाणिज्य महासंघले व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ३४ बुंदे सुझाव दिएको छ ।
महासंघ अन्र्तगतको व्यापार समितिका सभापति डा.सुवोध कुमार गुप्ता नेतृत्वको टोलीले मंगलवार मन्त्री रिजाललाई ३४ बुंदे सुझवा पत्र बुझाएको हो ।
आयात निर्यात गर्दा लेबलि· गर्नुपर्ने बाध्यकारी नियमलाई स्थगन गर्न समितिले माग गरेको छ । व्यवसायीहरु बीच अन्योल तथा असहज अवस्था सृजना भएको र यसबाट समग्र अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुने भएकाले हाललाई स्थगन गर्नुका साथै कार्यविधि बनाएर क्रमशः कार्यन्वयन गर्न सुझाव दिइएको व्यापार समितिका अध्यक्ष डा. गुप्ताले जानकारी दिनुभयो ।
डा. गुप्ताले समय–समयमा जिल्ला अनुगमन समितिबाट हुने अनुगमन टोलीमा खटाइने कर्मचारीहरु अनुगमनका प्र्रकृया बुझेको तथा अनुगमन गरिने बस्तु वा सेवा बारे दक्ष एवम् अनुभवनी हुनुपर्ने सुझाव पनि दिइएको बताउनु भयो ।
संघीय, प्रदेश र स्थानीय सरकारले ढुवानीमा लगाउने विभिन्न कर तथा दस्तुरलाई अन्त्य गर्नुपर्ने, बैंक तथा ब्याजदर क्रमशः कम गर्दै व्याजदर स्थायित्वका लागि उपलब्ध उपकरण प्रयोग गर्नुपर्ने, विभागबाट हुने अनुगमन तथा नियमनसंगै सरकार र व्यवसायी बीचको मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्ने, व्यवसाय नविकरण सीमा अवधी बढाउनुपर्ने लगायतका मागहरु सुझाव पत्रमा समावेश गरिएको छ ।
नापतौललाई स्थानीय स्तरबाटै प्रमाणीकरण गर्ने व्यवस्था हुनुपर्ने, नाप यन्त्र खरिद गरेको विजक जारी भएको मीतिले ३० दिनभित्र नविकरण गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई संशोधन गरी कारोवार शुरु अगावै दर्ता प्रमाणीकरण गर्ने व्यवस्था गर्नुपर्ने मागहरु पनि राखिएको डा. गुप्ताले बताउनु भयो ।
डा.गुप्ताका अनुसार एकद्वार प्रणालीमार्फत उद्योग व्यवसायलाई सेवा दिनुपर्ने, भन्सारबाट हुने चोरी निकासीको नियन्त्रणका लागि बोर्डर सेक्यूरिटीलाई डिजिटल सेक्युरिटीमा लानुपर्ने, उधारो कारोबारलाई सहजीकरण एवम् नियन्त्रण गर्न क्रेडिट एक्ट ल्याउनुपर्ने, कालोबजार ऐनको समय सापेक्ष संशोधन गर्नुपर्ने जस्ता मागहरुको सम्बोधन भए व्यवसायीका धेरै समस्याहरु हल हुने र राज्यको राजस्व पनि बृद्धि हुने डा. गुप्ताले बुझाएको सुभाव पत्रमा उल्लेख छ ।
व्यापार क्षेत्रका समस्या समाधान गर्न ३४ बुंदे सुझाव

Facebook Comments Box