spot_img

फरक ढंगबाट भइरहेको अपराधको सामना गर्न सुरक्षा निकाय तयार हुनुपर्छ



काठमाडौँ, १६ साउन (रासस)
राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीले अपराधको प्रवृत्ति फरक ढ·बाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित राष्ट्रिय सुरक्षासम्बन्धी अन्तरक्रियामा उहाँले प्रहरीको क्षमता अभिवृद्धिका साथै स·ठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढीकरण गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा गृह सचिव दिनेश भट्टराईले नेपाल प्रहरीले सीमित साधन, स्रोत एवं जनशक्तिको बाबाजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।


गृह सचिव भट्टराईले आउँदा दिनमा प्रहरी स·ठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवं प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदानप्रदान एवं समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने उहाँले बताउनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्रिय सुरक्षाको परम्परागत दृष्टिकोणअनुसार राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा नै राष्ट्रको महत्त्वपूर्ण आधार स्तम्भ रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानुन कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको बताउनुभयो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर