सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ साउन ।
संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाण्डौं स्थित सिंहदरबार दक्षिण गेटमा स्वतन्त्र निजामती कर्मचारी संगठनले धर्ना दिइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले कर्मचारी संगठनको धर्ना स्थलमा पुगेर हस्तक्षेप गर्दै संगठनका अध्यक्ष पशुपति पोखरेल सहित केही कर्मचारीहरुलाई पक्राउ गरेका छन् ।
संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामति सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । संघीय निजामति सेवा ऐन छिटो जारी गर्न माग गर्दा प्रहरीको दमन भएको भन्दै संगठनले आपत्ती जनाएको छ ।
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप

Facebook Comments Box