सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ साउन ।
वीरगंज महानगरपालिकका मेयर राजेशमान सिंहले नारायणी रंगशाला निर्माणका लागि बजेट व्यवस्था गरिदिन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसंग आग्रह गर्नु भएको छ ।
मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइ दिन आग्रह गर्नु भएको हो ।
उहाले यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने भन्दै रंगशाला निर्माणका लागि सहयोगको लागी आग्रह गर्नु भयो ।
स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको मेयर सिंहले बताउनुभयो ।
सो अवसरमा मन्त्री लिम्बुले युवा तथा खेलकुदका लागि सरकारले लगानी गरिरहेको भन्दै वीरगंजमा रहेको नारायणी रंगशाला निर्माणमा आफ्नो चासो रहने बताउनुभयो ।
त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयमा काम गर्न आफू तयार रहेको बताउनु भयो ।
उहाले यो रंगशाला संघ सरकार मातहत रहेकाले संघले यसमा लगानी गर्न संधै तयार रहेको भन्दै आवश्यक योजना बनाएर आउन आग्रह गर्नुभयो ।
सो अवसरमा मेयर सिंहले मन्त्री लिम्बुलाई वीरगंज वासीको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको छ ।
Facebook Comments Box