सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ साउन ।
उद्योगी, व्यापारीको व्यवसायीक समस्या समाधानको माग गर्दै उद्योगी व्यवसायीहरुका चार संगठनले कडा विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी वीरगंज उद्योग वाणिज्य संघ, मोर· व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपालगंज उद्योग वाणिज्य संघले यस्तो चेतावनी दिएको हो ।
उद्योगी व्यवसायीहरुले उद्योग, व्यापार, व्यवसायहरु अनेकानेक समस्याका बावजुद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै आएकोमा विभिन्न सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिका नाउमा भइरहेको अनापेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किदै गइरहेको उल्लेख गरेका छन ।
सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिको पछिल्लो संस्करणको रुपमा लेबलि· सम्बन्धमा भंसार विभागद्वारा जारी सूचनाले थप अन्यौल सिर्जना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा भंसार विभागबाट जारी भएको अस्पष्ट “लेबल लगाउने सम्बन्धी सूचना”, भंसार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भंसार जांचपास नगर्ने र भंसारबाट जांचपास भई छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका नाउमा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीबाट उद्योगी व्यवसायीहरु समस्यामा परेको बताइएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष्ँ अनिल कुमार अग्रवाल, मोर· व्यापार संघका अध्यक्ष नवीन रिजाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भंसार विभागबाट मिति २०८० असार २२ गते जारी भएको “लेबल लगाउने सम्बन्धी सूचना” का कारण व्यवसायीहरु माँझ अन्यौल एवम् एक किसिमको त्रासको वातावरण सृजना भएको उल्लेख छ ।
उल्लिखित समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा निजीक्षेत्रका एक टोलीले भंसार विभागका महानिर्देशकसंग भेटघाट गरी समस्याको गाम्भीर्यता दर्शाइए पनि समस्या समाधान गर्ने तर्फ खासै पहल भएन र श्रावण १ गतेदेखि लेबलि· कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै प्रभावित हुन पुगेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा भंसार विभागद्वारा जारी सूचना आफैमा अस्पष्ट त छंदैछ, संगसंगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलि· बारे प्रष्ट छैनन् । यसर्थ लेबलि· सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलि· लगाउने प्रावधान स्थगित गर्नुपर्ने तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
त्यसै गरी विज्ञप्तीमा विगत केही महिनादेखि भंसार प्रशासनले राजस्व संकलनका नाउमा आयातकर्ताहरुलाई दुःख दिने कार्य गरिरहेको आरोप पनि लगाइएको छ ।
भंसार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भंसार जांचपास नगर्ने, वर्षौ पुराना कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा मालवस्तु मूल्यांकन गरी जांचपास गर्ने, वास्तविक मूल्य राखी जांचपास गराउन खोज्दा पनि ५० प्रतिसत सम्म जरिवाना लगाउने, मालवस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भंसार जांचपास गर्नुपर्नेमा आपूmखुशी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिने गरेको लगायतका कार्यले नेपाली आयातकर्ताहरु आक्रान्त छन् । यस्ता किसिमको अव्यवहारिक र अन्यायोचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेश गरेको बिल बिजकका आधारमा भंसार मूल्यांकन गर्नु पर्ने विज्ञप्ती मार्फत माग गरिएको छ ।
यसरी नै भंसारबाट जांचपास भई छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका नाउमा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातकर्ताहरु मर्कामा परेको विज्ञप्तीमा जनाइएको छ ।
आवश्यक प्रक्रियाहरु पु¥याई सम्पूर्ण कागजातहरुका बावजुद भंसार जांचपास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने नियतले मालवस्तुको न्यून मूल्यांकन भएको भन्दै सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पठाउने परिपाटी पछिल्ला केही समयदेखि बढिरहेकोले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको आरोप लगाइएको छ ।
यी ४ संघका पदाधिकारीहरले विद्यमान जटिल समस्या र अन्यौलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरुमा गम्भीर ध्यानाकर्षण गराउदै समस्याको समाधान नभए कडा विरोधका कार्यक्रमहरु अगाडि सार्ने चेतावनी पनि विज्ञप्ती मार्फत दिएको छ ।
Facebook Comments Box