सहारा दैनिक

spot_img
Homeदेशमधेशहार्डवेयर तथा खुद्रा समानहरू लोड दुई मालबाहक ट्रक नियन्त्रण

हार्डवेयर तथा खुद्रा समानहरू लोड दुई मालबाहक ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ साउन ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट कास्कीतर्फ जांदै गरेको हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी टोलीले गए साती २ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
प्रदेशको प्रहरी टोलीले नियन्त्रणमा लिएको ट्रक सहित हार्डवेयर तथा खुद्रा समानहरूको अ.मु.रू ४२ लाख १० हजार ३ सय ९४ मुल्यांकल गरी आवश्यक कारवाहीको विहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरी टोलीले वीरगंजबाट धनुषातर्फ जांदै गरेको हार्डवेयर तथा खुद्रा समानहरू लोड ना.३ ख ३१९९ नम्बरको मालवाहक ट्रक पनि विहिवार बिहान ३ बजे वीरगंज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकबाट नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ । प्रहरी टोलीले उक्त ट्रक रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला परे पछि नियन्त्रणमा लिई ट्रक सहित सामानहरुको अ.मु.रू ४१ लाख ७७ हजार ६ सय ७ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पनि जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -