सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ साउन ।
वीरगंजको चिनी कारखाना परिसरमा रहेको पशुपतिनाथ मन्दिरको शिवलिंगको गहना चिनी कारखाना व्यवस्थापनले वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
चिनि कारखाना व्यवस्थापनले बिहिवार एक कार्यक्रम विच पशुपतिनाथ मन्दिरको शिवलि·को गहनाहरु मेयर राजेशमान सिंहलाई हस्तान्तरण गरेको हो ।
पशुपति मन्दिरको सौन्दर्यकरण गरि श्रद्धालु भक्तजन आउजाउ गर्ने वातावरण बनाएसंगै महानगरका मेयर सिंहले शिवलिंगको गहनाको सम्बन्धमा खोजी गरे पछि हस्तान्तरण भएको बताइएको छ ।
मेयर सिंहले तत्कालिन चिनी कारखाना व्यवस्थापनसंग गहना रहेको जानकारी आएपछि त्यसको व्यवस्थापनलाई मन्दिरको गहना उपलब्ध गराउन आग्रह गरे पछि बिहिवार कारखाना व्यवस्थापनले मेयर सिंहलाई २०५९ सालमा मन्दिरबाट निकालेर राखेको शिवलि·को गहनाहरु उपलब्ध गराएको हो ।
उपलब्ध गराएको गहनाहरुमा चांदीको मुकुट, चांदीको कमरबन्द, चांदीको शंख, चांदीको पिर्का, चांदीको खराउ १÷१ थान त्यस्तै चांदीको बेलपत्र भएको माला४ थान, मुकुटसंगै लगाउने चांदीको छाता ५ थान, सुनको पट्टी भएको ४ थान रुद्राक्षको माला चिनी कारखाना व्यवस्थापनले महानगरका मेयर सिंहलाई हस्तान्तरण गरेको हो ।
चिनी कारखाना व्यवस्थापनबाट प्राप्त गरेको गहना श्रावणी मेलाकै अवसरमा आउदो सोमबार शिवलि·मा पुनस्थापित गर्ने मेयर सिंहले बताउनुभयो ।
Facebook Comments Box