सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ साउन ।
स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले अघोषित लोड सेडि·का कारण वीरगजको जनजीवन प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरण बीरगंज वितरण केन्द्रको ध्यानाकर्षण गराएका छन ।
समाजका पदाधिकारीहरुले बिहिवार विद्युत प्राधिकरण बीरगंज वितरण केन्द्रका प्रमुखलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन ।
समाजले बुझाएको ध्यानाकर्षण पत्रमा मधेश प्रदेशको एक मात्र महानगरपालिका बीरगंजमा प्रचण्ड गर्मीसंगै प्राधिकरणले अघोषित रुपमा दैनिक दर्जनौ पटक लाईन काट्दा सर्वसाधारणले लामो समय देखि सास्ती खेप्दै आउदा समेत प्राधिकरण समस्या समाधान तर्फ नलागेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।
अघोषित विद्युत कटौतीको कारण जनजीवन प्रभावित हुंदा समेत उत्पन्न समस्या समाधानका लागि कतैबाट पहल नहुनु, सम्बन्धित निकायले ध्यान नदिनु जस्ता गैर जिम्मेवार कार्यहरु भई रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा अघोषित लोड सेडि·को कारण उत्पन्न समस्या समाधान नभए नगरवासीलाई साथमा लिएर विद्युतको अनियमितताको विरुद्ध शान्तिपूर्ण रुपमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत समाजले दिएको छ ।
सभापती कृष्ण कुमार खनालको नेतृत्वमा गएको टोलीमा उपसभापती नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, सहकोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्यहरु संदिप चौरसिया, सोनालाल गुप्ता, रवी परियार, उर्मिला साह तेली लगायत रहेका थिए ।
Facebook Comments Box