spot_img

सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाइयो



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० साउन ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवाको नयां बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना महानगरले डोजर लगाएर हटाएको छ ।
स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको हो ।
आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश दिएसंगै अतिक्रमण गरेर निर्माण गरेको संरचना महानगरले हटाइएको हो ।
सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसंगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढाए अनुरुप अतिक्रमण गरी निर्माण गरिएको पर्खाल हटाएको हो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर