राधेश्याम साह–––––––––––––––
गौर, ०९ साउन ।
पुर्व मन्त्री प्रभु साहलाई कार्यवाहीको माग गर्दै सर्वदलीय संघर्ष समिति रौतहटले प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका छन ।
जिल्लाको सदरमुकाम गौरमा पुर्व मंत्री प्रभु साहलाई कारवाही गर्न मांग गर्दै सर्वदलीय संघर्ष समितिले विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी समलित संयुक्त रुपमा संघर्ष समितिले मंगलवार पुर्व मन्त्री साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
संयुक्त संघर्ष समितिले रौतहट सदरमुकाम गौरमा मानव नरसंहार घटनाको पुर्वमा रचित र त्यसपछिको घटनाक्रम एवं देखिएका गतिविधि उपर ध्यानाकर्षण गर्दै पुर्व मन्त्री समेत रहेका सांसद साहलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय रौतहटमा ज्ञापनपत्र बुझाएका छन ।
माजबादी युवा संघ रौतहट कार्य समितिको नेतृत्वमा गौर स्थित राइस मिल प्रा·णबाट निकालिएको जुलुस भन्सार कार्यालय हुदै जिल्ला प्रसाशन कार्यलय गौर अगाडी नराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला प्रमुख धर्मेन्द्र मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन ।
संघर्ष समितिले निकालेको जुलुसमा सहभागीहरुले हिन्दु नेता काशी तिवारीको हत्यारा लाई कारवाही गर , कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्यारालाई कारवाही गर , शिक्षक सुनिल यादव को हत्यारालाई कारवाही गर , प्रभु साहलाई कारवाही गर जस्ता नारा लगाउदै प्रदर्शन गरेका छन ।
प्रदर्शनकारीले गौर हत्याकाण्डको मुख्य दोषी साह नै भएको दावी गर्दै कारबाहीको माग गरेका छन ।
यसअघि साउन १ गते प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।
२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुंदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले साउन १ गते प्रर्दशन गरेपछि मंगलबार सत्ताधारी ६ दलले संयुक्त रुपमा साहको विरोधमा प्रर्दशन गरेको हो ।
गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताउनु भयो ।
तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले दावी गर्नु भयो ।
प्रदर्शनमा जसपाका केन्द्रिय सदस्य रामकिसोर प्रसाद यादव ,पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव , नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव , नेकपा एकीकृत समाजवादीका ब्रिज किसोर यादव ,जनमत पार्टीका केन्द्रिय सदस्य असोक सिंह , लोकतान्त्रिक समाजवादी पार्टीका नेता राम प्रवेश दास , रामेस्वर यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।