सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ साउन ।
वीरगंज महानगरपालिका वडा नं. १० आर्दशनगर चोकमा रू·टा वेलफेयर सोसाइटीको आर्थिक सहयोगमा जडान गरिएको निःशुल्क खानेपानी मेसिनको उद्घाटन गरिएको छ ।
आदर्शनगर चोकमा जडित निःशुल्क चिसो खानेपानी मेसिन, पानी ट्यांकी, मिटर र मोटरको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्नु भयो ।
खानेपानी मेसिनको उद्घाटन कार्यक्रममा मेयर सिंहले वीरगंजमा हाल जारी पानी सम्बन्धी समस्याबाट जडित मेसिनले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाले प्रतिकूल मौसम र भू–जल साबिकको सतहभन्दा तल झर्दा वीरगंज सहित तराई–मधेसका अधिकांश स्थानमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न हामी लागेका छौं भन्नु भयो । उहाले जडान गरिएको खानेपानी मेसिनबाट थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने मेरो विश्वास छ भन्दै आगामी दिनहरूमा वीरगंजका अन्य स्थानमा पनि यस्तै निःशुल्क खानेपानी मेसिन जडान गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । मेयर सिंहले खानेपानीको समस्यासंग जुधिरहेका नगरवासीका लागि महानगरले ट्यांकरबाट खानेपानी वितरणको गर्दै आएको बताउदै अत्यावश्यक स्थानहरूमा ट्यांकी र धारा जडान गर्ने कार्यलाई तीव्रता दिएको बताउनु भयो । ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा आयोजित कार्यक्रममा वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, रू·टा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रू·टा, वीरगंज महानगरपालिका अन्तर्गतको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मिया“ लगायातको उपस्थिति रहेको थियो ।
Facebook Comments Box