सहारा दैनिक

spot_img
Homeदेशमधेशसर्टगनको १९ राउण्ड गोली सहित एक पक्राउ

सर्टगनको १९ राउण्ड गोली सहित एक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ साउन ।
सर्टगनको गोली सहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.१६ भानुचोक स्थित सडकखण्डबाट प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले सर्टगनको गोली सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी बसपार्कबाट खटिएको नियमित चेकिङ टोलीले आइतवार राती साढे ९ बजेको समयमा चेकजांच गर्ने क्रममा संकास्पदरूपमा हातमा झोला बोकेर पैदल हिंडि बसपार्कतर्फ आउदै गरेको अवस्थामा भारत विहार पश्चिमी चम्पारण जि.वेतिया ग्राम लगुनाहा वडा नं.१४ निवासी मुरारी कुमार कुशवाहालाई खानतलासी गर्दा ज्ञद्द क्जबपतष्mबल ज्ञद्द भ्हउचभकक लेखिएको सर्टगनको १५ राउण्ड गोली प्ँ ज्ञद्द लेखिएको सर्टगनकै गोली ३ राउण्ड गोली, ज्ञद्दप्ँ ज्ञद्दढट लेखिएको एक राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेला परेको १९ राउण्ड सर्टगनको गाली सहित कुशवाहालाई नियन्त्रणमा लिइ निज विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -