सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ साउन ।
स्वतन्त्र मानव अधिकार समाजद्वारा आयोजित निःशुल्क सुगर परिक्षण शिविर सम्पन्न भएको छ ।
समाजको केन्द्रीय कार्यालय वीरगंजले शनिवार वीरगंज स्थित अमर चोकमा आयोजना गरेको शिविरमा १४७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानुले जांच गराइ कार्यक्रमको शुभारम्भ गराएको समाजका अध्यक्ष कृष्ण कुमार खनालले जानकारी दिनु भयो ।
शिविरमा ५३ जना महिला सहित १४७ जनाको स्वास्थ्य परिक्षण गरिएको उहाले जानकारी दिनु भयो ।
शिविरमा नारायणी अस्पतालका फिजिशियन डा. निरज कुमार सिंहले सहभागीहरुको परिक्षण गरिएको अध्यक्ष खनालले बताउनु भयो ।
सो अवसरमा समाजका महासचिव दिपक साह कानु, कोषाध्यक्ष्ँ उर्मिला कुसवाहा, सचिव आषिस कुमार, समाजका पुर्वमहासचिव ध्रुव अधिकारी, वीरगंज जेसिसका पुर्व अध्यक्ष्ँहरु निशान्त लामिछाने, शन्तोष कुमार खनाल लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box