सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ साउन ।
वीरगंज महानगरपालिकाले नगरवासीलाई देखिएको पानीको समस्या समाधान गर्ने भएको छ ।
पछिल्लो केही समय देखि वीरगंज महानगरपालिका अन्तरगतका वडाहरुमा चापाकल सुकेर (पानी नआउने) उत्पन्न समस्यालाई सम्बोधन गर्न महानगरका मेयर राजेशमान सिंहले छलफल थालेका छन ।
चापाकल सुकेर नगरवासीमा उत्पन्न पानीको समस्या समाधानका विषयमा मेयर सिंहले शुक्रवार खानेपानी संस्थान वीरगंजका प्रमुख इन्जिनियर निरण महर्जन संग छलफल गर्नु भएको छ ।
मेयर सिंहले महानगर अन्तरगतका प्रत्येक वडामा सार्वजनिक स्थानहरुमा खानेपानीको धारा जडान गर्ने र खाने पानीको पाइन जडान नभएको स्थानमा ट्यांकी राखेर खानेपानी वितरण गर्ने सम्बन्धमा छलफल भएको बताउनु भयो ।
Facebook Comments Box