spot_img
Homeदेशमधेशवीरगंज महानगरपालिकाद्वारा युवा पत्रकार स्व. सर्राफको परिवार र स्मृती कोषमा सहयोग

वीरगंज महानगरपालिकाद्वारा युवा पत्रकार स्व. सर्राफको परिवार र स्मृती कोषमा सहयोग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ साउन ।
युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
वीमनपाका मेयर राजेशमान सिंहले घोषणा गरे अनुरुप शुक्रवार स्व. सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त आर्थिक सहयोग गरेको हो ।
सर्राफकी छोरी श्रेयालाई जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु. पाच लाख बराबरको चेक हस्तान्तरण गर्नु भयो ।
चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सर्राफ एक होनहार तथा इमानदार पत्रकार रहेको बताउदै यादवले उनको विरासतलाई अन्य सञ्चारकर्मीहरूले निरन्तरता अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा मेयर सिंहले सर्राफको निधन पश्चात् उनको परिवार बिचल्लीमा पर्न नदिन आफूले हरेक सम्भव प्रयास जारी राखेको बताउनु भयो । सोही प्रयास स्वरूप पांच लाख रुपैया उपलब्ध गराइएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसैबिच नेपाल पत्रकार महासंघ पर्सा शाखाले सर्राफको स्मृतिमा स्थापना गरेको स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारको अक्षय कोषका लागि पनि मेयर सिंहले रु. १० लाख उपलब्ध गराउनु भएको छ ।
उहाले एक कार्यक्रमका बिच उक्त रकम बराबरको चेक महासंघका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष सञ्जीव मिश्रलाई हस्तान्तरण गर्नु भयो ।
पत्रकार सर्राफको गत वर्ष मंसिर १५ गते ह्दयाघातका कारण निधन भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -