सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ साउन ।
प्रकृति संरक्षणका लागि लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले वृक्षारोपण कार्यक्रम गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १४ बहुवरी स्थित कुल्लिया उम्मे कुलसुम लिलबनात गर्ल्स सेकेन्डरी स्कूलमा वृक्षारोपण कार्यक्रममा गरिएको हो ।
कार्यक्रममा आठ वटा फलफुल लगायत विभिन्न प्रजातीका एक सय थान विरुवा रोपिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सल्मा खातुनले जानकारी दिइन ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट ट्रेजर लायन राम बिहारी पाण्डेले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
सो अवसरमा उहाले रुख, बोट बिरुवा संरक्षण गर्न नसक्दा साथै अव्यवस्थित विकास निर्माणको नतिजा स्वरुप हाल जलवायु परिवर्तनको नकारात्मक प्रभाव देखिनु निकै चिन्ताजनक विषय भएको बताउनु भयो ।
त्यसै गरी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको एरिया ३ की एरिया ट्रेजर लायन आश्मा सिंह यादवले स्थानीयलाई समेत अपनत्व हुने गरी वृक्षारोपण कार्यक्रम गरेकोमा प्रशंसा गर्दै आगामी दिनहरुमा क्लबले सामाजिक कार्यक्रम मार्फत बेग्लै पहिचान बनाउने विश्वास व्यक्त गरिन ।
क्लबकी अध्यक्ष लायन सल्मा खातुनको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन विजय कुशवाहा, वीरगंज महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष महबुब एलाही, स्कूलका प्रधानाध्यापक साबिर अहमद, पुर्व प्रधानाध्यापक इमामुद्दिन अहमद, वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ एवं क्लबकी उपाध्यक्ष लायन डा. लक्ष्मी थापा, सेक्रेटरी लायन सुसिला साह, ट्रेजर लायन देबयन्ती साह, वातावरण संरक्षण अभियन्ता जसपाल सिंह लगायत स्कूलका शिक्षक, कर्मचारी तथा छात्राहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comments Box