सहारा दैनिक

spot_img
Homeदेशमधेशपानीको समस्या बारे सांसद यादवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए

पानीको समस्या बारे सांसद यादवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ साउन ।
वीरगंज र आसपासका क्षेत्रमा केहीदिन यता चापाकलहरू सुकेर खानेपानीको समस्या भएको बारे पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगंजमा निम्तिएको खानेपानीको भयावह स्थिति बारे ध्यानाकर्षण गराएका हुन् ।
त्यस क्रममा सांसद यादवले वीरगंज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीको भयावह स्थिति उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका हुन । वीरगंजमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उहाले प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेका छन ।
सांसद यादवको आग्रह लगत्तै प्रधानमन्त्री प्रचण्डले संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमा बोलाएर वीरगंजमा देखिएको पानीको समस्या समाधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिएका छन ।
प्रधानमन्त्रीको निर्देशन अनुसार खानेपानी मन्त्री यादवले वीरगंजमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -