spot_img

हङकङबाट आएको झण्डै एक क्वीन्टल सुन बरामद



काठमाडौँ, ३ साउन (रासस)
राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ ।
अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
अपरेशनका क्रममा राजस्व अनुसन्धान विभागले ८० किलोभन्दा माथि सुन बरामद गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिनुभयो । उहाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उहाले बताउनुभयो । उहाले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिनुभयो । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उहाले बताउनुभयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर