spot_img
Homeदेशमधेशभन्सार छली गरी ल्याइएका सामानहरु नियन्त्रण

भन्सार छली गरी ल्याइएका सामानहरु नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ साउन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तरगतका प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका लाखौं मुल्य बराबरका सामानहरु नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताको टोलीले अ.मूल्य रु.६ लाख ९७ हला १ सय मुल्य बराबरको पर्दाको कपडा, कुर्ता सुरवाल, सुती साडी, नाईटी, कुर्ता सुरवालको थान कपडा, सर्टको थान कपडा, सर्टको रोल कपडा, पाईन्टको थान कपडा र लेडिज कुर्थाको थानवाला कपडाहरु नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले अन्दाजी मुल्य रु. ५० हजार बराबरको टिसर्ट ् भेष्ट, बच्चाको सेट कपडा, कट्टु, हाफपाइन्ट र लेगिज नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी गण्डकको टोलीले रु. २० हजार मुल्य बराबरको कुर्ता सुरवाल थान कपडा र थानको कपडा नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -