सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ साउन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तरगतका प्रहरी कार्यालयबाट खटिएका टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामानहरु नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताको टोलीले लेडिज कुर्था सुरुवाल, लेडिज सल, लेडिज कुर्थाको थानवाला कपडा, सुतिको थान कपडा र साडि अ.मूल्य रु.२ लाख ५० हजार बराबरको नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी ईनर्वाको टोलीले रु. ७५ हजार मुल्य बराबरको कुर्ता सुरवाल थान कपडा नियन्त्रणमा लिएको जनाइएको छ ।नियन्त्रणमा लिएका कपडाहरु आवस्यक वीरगंज भन्सार कार्यालय बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box
सम्बन्धित खबर