spot_img
Homeदेशमधेशनारायणी अस्पतालको सरसफाईको जिम्मा वीमनपाले लियो

नारायणी अस्पतालको सरसफाईको जिम्मा वीमनपाले लियो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ असार ।
नारायणी अस्पताल वीरगंजको सरसफाइको जिम्मेवारी बीरगंज महानगरपालिकाले गर्ने भएको छ ।
मेयर राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार बीरगंज महानगरपालिकाले नारायणी अस्पतालसंग सरसफाईको जिम्मेवारी लिने सम्झौता गरेको हो ।
नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साह र बीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले शुक्रवार सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । बीरगंज महानगरपालिकाका मेयर सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार साउन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ निःशुल्क बीरगंज महानगरपाकिकाले गर्ने छ । साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी नारायणी अस्पतालमा परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँले जानकारी दिनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -