सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रदुषित धुंवा दिने भठ्ठी हटाउन वातावरण शाखा प्रमुखको आलटाल

प्रदुषित धुंवा दिने भठ्ठी हटाउन वातावरण शाखा प्रमुखको आलटाल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ असार ।
टोल बस्तीको वायु प्रदुषित पार्ने गरी संचालित भठ्ठी वीरगंज महानगरपालिकाले हटाउन चासो नदेखाएको भन्दै पिडितहरुले गुनासो व्यक्त गरेका छन ।
वीरगंज महानगरपालिका वडा नं. १० स्थित ठाकुरराम क्याम्पस पछाडि सज्जन भंगडको घर जमिनमा स्थापित चकलेट उद्योगको कच्चा पदार्थ पकाउने प्रदुषित धुंवा सहितका भठ्ठी हटाउन स्थानीयले वीमनपामा उजुरी दिए पनि हटाउन चासो नदेखाएको भनी स्थानीयले गुनासो व्यक्त गरेका हुन ।
स्थानीय प्रमेश्वर प्रसाद साहको नेतृत्वमा वीरगंज महानगरपालिका कार्यालयमा पुगेर गत चैत्र ६ गते नै निवेदन दर्ता गराएको भए पनि वीमनपाका वातावरण शाखा प्रमुख प्रदिप साहले कुनै किसिमको चासो नदेखाएको उजुरी कर्ताहरुले गुनासो व्यक्त गरेका हुन ।


निवेदक साहले वातावरण शाखाका प्रमुख प्रदिप साहले चकलेट उद्योग स्वीट मार्ट फुड प्रा.लि.का संचालक शंकर मितल संग आर्थिक सांठगांठ गरेको आरोप समेत लगउनु भएको छ ।
सज्जन भंगरको घर भाडामा लिएर मितलले संचालन गरेको उद्योगबाट वीरगंज महानगरको विच घना बस्ति र हजारौं विद्यार्थीहरु अध्ययन गर्ने ठाकुरराम क्याम्पस छेउमै सो क्षेत्रको वायु नै प्रदुषित हुने गरी धुंवा सहितको भठ्ठी चल्ने गरेको स्थानीयको गुनासो छ ।सो भठ्ठी हठाउन स्थानीयका नेतृत्वकर्ता प्रमेश्वर प्रसाद साहले वीमनपाको वातावरण शाखामा १० औं पटक ताकेता गर्दा पनि कुनै कारवाही नभएको बताउनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -