यस राष्ट्रिय साहारा दैनिकको अनलाइन संस्करण www.rastriyasaharadaily.comमा “हुण्डी कारोबारमा सन्तोष जैन पुनः सक्रिय” भन्ने शीर्षकमा प्रकाशित समाचार उपर चित्त नबुझी सन्तोष जैनका छोरा सौरभ जैनले “खण्डन गरि पाउँ” भनि इमेल पठाउनु भएकोले पाठकको अभिव्यक्तिको सम्मान गर्दै सो खण्डन पत्र जस्ताको तस्तै प्रकाशित गरिएको छ। तथापि सन्तोष जैनका छोरा सौरभ जैन स्वयंले हस्ताक्षर गरि पठाएको पत्रमा आफ्नो सम्पर्क नम्बर राखी पठाउनु पर्नेमा दूराशयपूर्ण तरिकाले अन्य व्यक्तिको मोबाइल नम्बर उल्लेख गरि पठाएको हुँदा सो बारे जानकारी प्राप्त भएछि हामीले उक्त मोबाइल नम्बर मेटेर बाँकी ब्यहोरा जस्ताको तस्तै प्रकाशन गरेका छौँ ।
– सम्पादक