सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ असार ।
सशस्त्र प्रहरी बलले लागु औषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा सीमा सुरक्षा गुल्म वीरगंज भन्सारबाट खटिएको टोलीले
लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले बुधबार विहान ८ः४५ बजेको समयमा वीरगंज महानगरपालिकाको वडा नं. १६ भन्सार मेनगेट स्थित नेपालबाट भारततर्फ लैजादै गरेको १५.३१० किलो लागु औषध चरेशसहित पर्सा जिल्ला पटेर्वा सुगौली गाउपालिका.वडा नं. ५ निवासी ३५ बर्षिय सत्यनारायण माझी र ४० बर्षिय प्रलाद माझीलाई नियन्त्रमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक संतोष बस्नेतले जानकारी दिनु भयो ।
दुबै जना सवार बि.आर. २२ एम ४२०६ नम्बरको भारतिय मोटरसाइकललाई चेकजांच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमा लुकाई छुपाई नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा लागु औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको जनाइएको छ ।
चरेश सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको जनाइएको छ ।
Facebook Comments Box