spot_img

भन्सार छलीका सामानहरु नियन्त्रण



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ असार ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डबाट गए राती बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रक रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।


प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहित औषधी तथा खुद्रा सामानहरुको अ.मु.रू. ५५ लाख ७० हजार ६ सय ३८ मुल्यांकन गरी आवस्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी जिप्रकाले नियन्त्रणमा लिएको भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका रु. १ लाख मुल्य बराबरको लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको पनि जिप्रकाले जनाएको छ ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर