सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ असार ।
सुरजी देवी मा.वि. वीरगंजका ४ जना शिक्षक कारबाहीमा परेका छन् ।
वीरगंज महानगरपालिकाका टोलीले अनुगमनका क्रममा जानकारी बिना नै अनुपस्थित रहेको भेटिएपछि ४ जना शिक्षकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरिएको हो ।
सामुदायिक विद्यालयहरुको पठन पाठन चुस्त पार्न महानगरले अनुगमनलाई तिब्र पारेको छ ।
विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई अनुपस्थित भएका शिक्षकहरुसंग स्पष्टिकरण लिएर २४ घण्टा भित्र महानगरको शिक्षा महाशाखामा पेश गर्न निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
विद्यालयको पठन पाठन अवलोकन गर्न महानगरका मेयर राजेशमान सिंह आफै विद्यालय पुग्नु भएको थियो ।
उहाले विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक स्पष्टिकरण माग गर्ने र पटक–पटक अनुपस्थित भए सुविधा कट्टाका साथै निलम्बन गर्ने सम्मको कारबाही गर्न महाशाखा प्रमुखलाई निर्देशन समेत दिनुभएको छ ।
अनुगमनका क्रममा विद्यालयको भौतिक संरचनाका साथै बेवारिसे रहेको कम्प्युटर ल्याब तत्काल संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उहाले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिनुभएको छ ।
Facebook Comments Box