राधेश्याम साह–––––––––––––––
गौर, २५ असार ।
समुदायमा मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार नेपाल बार एशोसियशन रौतहटको सभाहल गौरमा आयोजित संवाद कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले प्रस्तुत गरेको कार्यपत्र माथी छलफल भएको छ ।
सो अवसरमा मुख्य न्यायाधिवक्ता ठाकुरले प्रस्तुत गरेको कार्यपत्रमा प्रदेशका हरेक जिल्लामा १–१ जना प्रदेश कानून अधिकृत÷सहायक अधिकृत नियुक्त गरि असहाय एवं असमर्थ नागरिकलाई निःशुल्क प्रदान गरिने कानूनी सल्लाह, अड्डा अदालतमा गरिने बहस पैरबी, लेखापढी वा कानूनी कारबाहीका सम्बन्धमा उपलब्ध गराउने विभिन्न प्रकारका सेवा सुविधा बारेमा जानकारी गराईएको छ ।
कार्यक्रममा कानूनी सहायता अधिकृतले असहाय एवं अशक्त सेवाग्राहीको बहस पैरबी गर्ने, लिखत तयार पार्ने, परामर्श सेवा प्रदान गर्ने र कारगारमा रहेका थुनुवा वा बन्दीलाई कानूनी सेवा प्रदान गर्ने लगायत सेवा सुविधा निःशुल्क प्रदान गर्ने मुख्य न्यायाधिवक्ता ठाकुरले बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी गीता कुशवाहाले यस्तो सेवा सुविधाका बारेमा पालिका लेवलमा प्रचार प्रसार गर्दै न्यायिक समिति लगायत पालिकाका अन्य विभिन्न सरोकारवालाहरुलाई समेत सुसूचित गराईनु पर्ने खांचो रहेको औंल्याईन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उद्घाटन गर्नु भएको संवाद कार्यक्रममा जिल्ला न्यायाधिश मातृकाप्रसाद मरासिनी, जिल्ला समन्वय समिति रौतहटका सभापति रामायोध्या राय यादव , उच्च अदालतका पुर्व न्यायाधीश वरिष्ठ अधिवक्ता मो. साबिर हुसेन, जिल्ला सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायधिवक्ता बदरी कुमार कार्की, नेपाल बार एसोसिएसन रौतहटका अध्यक्ष नन्दकिशोर साह, मौलापुर नगरपालिकाका मेयर रिना साह, दुर्गाभगवती गाउपालिकाका उप–मेयर शिला देवी ,पत्रकार महासघ शाखा रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अनलाइन इ खबरको संवाददाता सोनु कुमार महतो, राष्ट्रिय साहरा दैनिकका रौतहट संवाददाता राधेश्याम साह लगायतको उपस्थिति रहेको थियोे ।