सहारा दैनिक

spot_img
Homeसमाचारविवादित नागरिक मितलको सन्तानलाई पनि नागरिकता

विवादित नागरिक मितलको सन्तानलाई पनि नागरिकता

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ असार ।
जिल्ला प्रशासन कार्यालय पर्साले विवादित द्वध नागरिकका संतानलाई पनि बन्सजको आधारमा नागरिकता दिएको खुलेको छ ।
भारत उतराखण्ड राज्य पिथौरगढ घर भई झुठो विवरण पेस गरेर २०६३ सालमा बारा जिल्ला सदरमुकाम तत्कालिन कलैया नगरपालिका वडा नं. ४ बाट नेपाली नागरिकता लिएका शंकर मितलका संतानलाई जिप्रका पर्साले नागरिकता दिएको खुलेको हो ।
मितलको नागरिकता उपर परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।
हाल सम्म मितलको नागरिकता सम्बन्धमा कुनै किसिमको निराकरण सम्बन्धमा निर्णय नभई विवादित अवस्था मै रहेको भए पनि मितलले स्थानीय निकायबाट बसाईसराई गराइ फेरी पनि झुक्याएर जिल्ला प्रशासन कार्यालय पर्साबाट आफ्नी छोरी स्नेहा मितलको नागरिकता लिन सफल भएका हुन ।
शंकर मितल स्वयमले सामाजिक संजाल मार्फत आफु पिथौरागढको भएको सार्वजनिक गरेको र निजले नागरिकता लिंदा आन्तरिम संविधान २०६३ को मापदण्ड विपरित नेपालमा जन्मभएको तथा निजका बाबु आमाको मतदाता सुचिमा नाम समेत उल्लेख नभइकनै आर्थिक बलमा नेपाली नागरिकता लिएको आशयको निवेदन परे पछि उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय अनुसन्धान गरी रहेको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -