spot_img

समाजसेवी झाले मानव सेवा आश्रममा मनाए छोराको जन्मदिन



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ असार ।
लायन्स क्लब अफ वीरगंज सहयोगीका भ्वाइस प्रेसिडेन्ट अमरकान्त झाले आफ्नो छोराको जन्मदिन मानव सेवा आश्रममा मनाएका छन ।
व्यवसायी तथा समाज सेवी समेत रहेका झाले आफ्नो जेठा छोरा सार्थक झाको जन्मदिनको अवसरमा विहिवार मानव सेवा आश्रममा आश्रीतहरुको स्वास्थ्य परिक्षण सहित उनिहरुलाई खाना खुवाएका हुन ।


लायन्स क्लब अफ वीरगंज सहयोगीका अध्यक्ष डा. पशुपति भट्टको नेतृत्वमा रहेका चिकित्सक टोलीले मानव सेवा आश्रममा आश्रीतहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै औषधी समेत निःशुल्क प्रदान गरेको परिक्षण टोलीमा सहभागी डा. अच्यूतानन्द कर्णले जानकारी दिनु भयो । स्वास्थ्य परिक्षणमा सहजीकरण अमरकान्त झाका दाजु अरुण झा लगायतले गरेका थिए ।
अमरकान्त झाले आफ्ना छोरा सार्थकको जन्मदिनको अवसरमा आश्रमकै सभाहलमा केक काटेका छन ।
सो अवसरमा झाले आश्रीतहरुलाई खाना समेत खुवाएका छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर