spot_img
Homeदेशमधेशमेयर सिंह र टर्कीका प्रतिनिधिबीच भेटवार्ताः शिक्षा र कृषिमा लगानी गर्न टर्की...

मेयर सिंह र टर्कीका प्रतिनिधिबीच भेटवार्ताः शिक्षा र कृषिमा लगानी गर्न टर्की इच्छुक

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ असार ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकान बीच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा मेयर सिंहले वीरगंजको शैक्षिक स्तर वृद्धि गर्न आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
नगरको सफाइमा आफूहरु सक्रिय भएर लागेको र परिणाम राम्रै देखिएको भन्दै उहांले अब शिक्षा क्षेत्रको सुधारका लागि अघि बढेको बताउनुभयो ।
शैक्षिक सामग्री, भौतिक संरचना तथा जनशक्ति अभावमा शैक्षिक क्षेत्र सुधारमा केही अवरोध देखिएको भन्दै मेयर सिंहले त्यसका लागि आवश्यक सहयोगको खांचो रहेको बताउनु भयो ।
मेयर सिंहको सभाकक्षमा भएको भेटवार्तामा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगंजमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताउनु भयो । उहांले आफूहरु परिणाममुखी काम गर्न तयार रहेको भन्दै महानगरले कृषि र शिक्षामा आवश्यक प्रस्ताव पेश गरे यथाशक्य सहयोग गर्न तयार रहेको बताउनु भयो । यस अघि एजेन्सीले वीरगंज महानगरपालिका वडा नं. १४ स्थित बहुअरिमा पुनःनिर्माण गरिएको सुफा आइडियल एकेडेमीको मेयर सिंहले उद्घाटन गर्नु भएको थियो । टर्कीको सहयोग समन्वय एजेन्सीले उक्त एकेडेमीलाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ । मेयर सिंहसंग भेट गर्न टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख अलीसहित दक्षिण एसिया डेस्क प्रमुख तारिक मेटे, ढाका संयोजक मर्ट बरिस र ओनुर ओजतुर्क आएका थिए । महानगरप्रमुख सिंहले टर्कीबाट आएको टोलीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्नुका साथै मायांको चिनो प्रदान गर्नुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -