spot_img
Homeदेशमधेशजिल्ला समन्वय समितिको कार्यक्षेत्र दायरा फराकिलो बनाउनु पर्छ–सांसद यादव

जिल्ला समन्वय समितिको कार्यक्षेत्र दायरा फराकिलो बनाउनु पर्छ–सांसद यादव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ असार ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिको कार्यक्षेत्रको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला समन्वय समिति पर्साको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै सांसद यादवले यस्तो बताउनु भएको हो ।
उहाले जिल्ला समन्वय समिति पर्साको पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएको बताउनुभयो । जिसस पर्साका प्रमुख निरन्जन साह सोनारले सबै स्थानीय तहसंग समन्वयकारी भूमिका निर्वाह गरेको सांसद यादवले बताउनु भयो ।
उहाले समन्वय समितिलाई अधिकार नदिएको गुनासोप्रति ध्यानाकर्षण भएको बताउदै अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
पूर्व मन्त्री समेत रहनुभएका सांसद यादवले अवैध रूपमा हुने उत्खननलाई रोक्नका लागि समन्वय समितिको भूमिका प्रभावकारी हुनुपर्ने बताउदै समन्वय समितिले वातावरण संरक्षणका कामलाई पनि ध्यान दिन आवश्यक छ भन्नु भयो ।
पछिल्लो समय बढ्दै गएको जलवायु प्रदुषणको जोखिमलाई कम गर्नका लागि पनि समन्वय समितको अहम भूमिका हुन्छ भन्दै उहाले उद्योगलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तिव्रता दिन सुझाव पनि उहाले दिनु भयो ।
जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -