सहारा दैनिक

spot_img
Homeदेशमधेशकुख्यात तस्कर मुख्तारको लाईन पुनः संचालन

कुख्यात तस्कर मुख्तारको लाईन पुनः संचालन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ असार ।
प्रहरी प्रशासनलाई मिलाएर तस्करी गर्न माहिर भारतीय कुख्यात तस्कर मुख्तारले तस्करी लाइन पुनः सुचारु गरेका छन् ।
तस्कर मुख्तारले वीरगंज भन्सारको मेनगेट, इनर्वा गाउ लगायतको नाकाबाट नस्करीको लाइन लिएर तस्करी गराइरहेका खबरहरू विभिन्न संचारमाध्यममा प्रकाशन÷प्रशारण हुन थालेपछि झण्डै एक हप्तासम्म बन्द रहेको तस्करी लाईन शनिवारदेखि पुनः सञ्चालनमा ल्याउन सफल भएको तस्कर श्रोतबाट बुझिन आएको हो ।
भारतीय बजारबाट नेपालमा चोरबाटोबाट खासगरी कपडा ल्याउने काम गर्दै आएका मुख्तारले यस पटक भने कपडा संगै काजु चोरी पैठारी गर्ने लाईन पनि लिएको बताइएको छ ।
वीरगंज भन्सार कार्यालयको पछाडी र ईनर्वा गाउ क्षेत्रबाट रात्रीको समयमा सकेजति कपडा र काजु ढुवानी गरेर नेपाल भित्रियाउन सक्ने गरी लाईन संचालन गर्न मुख्तारले सीमावती क्षेत्रमा रहेका नेपाल एवं सशस्त्र प्रहरीबलसंगै प्रदेश प्रहरी प्रमुखसम्मलाई रकम बांडेको तस्कर श्रोतको दावी छ ।
दैनिक लाखौं मूल्य बराबरको राजश्व छलि गरेर मुख्तारले इनर्वा गाउको नाकाबाट भरियाहरू मार्फत सुटिङ सर्टिङका कपडा, बनारसी साडी, काजु भारतबाट नेपाल ल्याउने र बिहारमा प्रतिबन्धित मदिरा नेपालबाट भारततर्फ पठाउने गरेका छन ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न, राजश्व चुहावट नियन्त्रण गर्न एवं शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यले परिचालन गरेको जिम्मेवार निकायबाटै मुख्तार जस्ता भारतीय एवं नेपाली तस्करहरूलाई संरक्षण भए पछि राजश्व असुलीमा गिरावट मात्र आएको छैन अर्थतन्त्र नै दिन प्रति दिन धराशायी हुंदै गएको छ ।
भारतीय तस्करहरूले नेपालका प्रहरीलाई प्रभावमा जस्तोसुकै आपराधिक क्रियाकलाप गर्न सक्ने वा चोरी तस्करी गराउन सक्ने सन्देश दिइरहेका छन् । अनियन्त्रित तस्करीले प्रहरी नेतृत्वको विश्वसनीयता माथि समेत प्रश्नचिन्ह खडा भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -