सहारा दैनिक

spot_img
Homeदेशमधेशअतिक्रमित पक्की संरचना महानगरले हटायो

अतिक्रमित पक्की संरचना महानगरले हटायो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ असार ।
वीरगंज महानगरपालिका वडा नं. १५ स्थित सडक अतिक्रमण गरि बनेका भौतिक संरचना हटाइएको छ ।
प्रतिमा चोक देखि भित्र तर्फको ट्रान्सफरमर चोकदेखि ध्रुब यादवको घरसम्म निर्माणाधिन सडकको दायांबायां परेका घर टहरा महानगरको टोलीले आइतबार डोजर लगाएर हटाएको हो ।
सडकको दायां बायां परेका ७ वटा पक्कि भवन तथा टहरा हटाएको महानगरका प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो ।
सडक निर्माण भइरहेको र सडकमा परेका संरचना हटाउन पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली पुगेर हटाएको हो ।
स्थानीयलाई संरचना हटाएर सडक निर्माणमा सहयोग गर्न पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली बोलाएर अतिक्रमित संरचना हटाइएको वडा नं. १५ का वडा अध्यक्ष रमेश यादवले बताउनु भयो ।
महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी तथा अतिक्रमित जग्गा मुक्त गराउने अभियान नै चलाइरहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -