सहारा दैनिक

spot_img
Homeदेशमधेशलायन्स क्लबद्वारा लायन वर्ष २०२३/२४ को शुभारम्भ

लायन्स क्लबद्वारा लायन वर्ष २०२३/२४ को शुभारम्भ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ असार ।
वीरगंजका लायन्स क्लबहरुले विभिन्न स्थानहरुमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरी लायन वर्ष २०२३÷२४ को शुभारम्भ गरेको छ ।
लायन्स क्लब अफ वीरगंज, लायन्स क्लब अफ वीरगंज आदर्शनगर, लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफ, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब अफ वीरगंज विजयपथ, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगंज वाकिङ टिम एनएलएफ, लायन्स क्लब अफ वीरगंज कुटुम्ब, लायन्स क्लब अफ वीरगंज परिवार, लायन्स क्लब अफ वीरगंज ऐक्सीलेन्स, लायन्स क्लब अफ वीरगंज सहयोगी, लायन्स क्लब अफ वीरगंज युथ, लायन्स क्लब अफ वीरगंज नियो, लायन्स क्लब अफ वीरगंज नर्थ, लायन्स क्लब अफ वीरगंज ईनिसिएटिभ, लायन्स क्लब अफ वीरगंज गेटवे, लायन्स क्लब अफ कलैया, लायन्स क्लब अफ जीतपुर सिमरा, लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ गंजभवानीपुर लगायतका क्लबहरुको आयोजनामा शनिवार वीरगंज स्थित विभिन्न स्थानमा खाना खुवाउने कार्यक्रम गरेको हो ।
कार्यक्रम अन्तरगत नारायणी अस्पताल वीरगंज, आमाको माया छात्रावास, मानव सेवा आश्रम, हाम्रो स्कुल वीरगंज, माईस्थान मन्दिर क्षेत्र, शिव मन्दिर परिसर, जनजाती कल्याण आश्रम, कलैया अनाथालय, कलैया अस्पताल, सिमरा आश्रम, पथलैया बृद्धाआश्रम लगायतका स्थानहरुमा खाना, खाजा र जुस खुवाउने कार्यक्रम गरिएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका एरिया चिफ पिएमजेएफ लायन उमेश शर्माले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -