सहारा दैनिक

spot_img
Homeदेशमधेशसडक क्षेत्रभित्रका संरचना हटाउदै बिन्दबासिनी गापा

सडक क्षेत्रभित्रका संरचना हटाउदै बिन्दबासिनी गापा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ असार ।
पर्सा जिल्ला बिन्दबासिनी गाउपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडक क्षेत्र भित्र पर्ने संरचना हटाउन सुरु गरेको छ ।
शनिबारदेखि बिन्दबासिनी गाउपालिकाले वडा नं. २ बहुवर्वा भाठ्ठामा सन्तु मियांको घर देखि औध चौहानको घरसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाइएको गाउपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो ।
बहुवर्वा भाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएको भवनमा गाउपालिकाले डोजर लगाएको हो ।
बिन्दबासिनी गाउपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पहिला ७ दिने सूचना आह्वान गरी जानकारी गराएको थियो त्यसपछि पालिकाले डोजर लगाउदा सम्पूर्ण गाउबासीहरुको सहमती गरी १५ दिनको समय लिएका थिए ।
शुक्रवार १५ दिने समय वित्नासाथ शनिवार पालिकाले डोजर चलाएको अध्यक्ष तिवारीले बताउनु भयो ।
अध्यक्ष तिवारीले ७० प्रतिशत स्थानीयहरूले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना आफै हटाएपछि ३० प्रतिशत घरमा डोजर प्रयोग गरी सरचना हटाउन सुरु गरेको अध्यक्ष तिवारीले बताउनु भयो ।
पहिलो चरणमा लगभग २ किलोमिटर लामो दूरीमा परेको घरहरूमा डोजर लगाई बाटो खाली गरिएको उहाले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -