सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ असार ।
नेकपा (एकिकृत समाज) पर्साले समाजवादी मोर्चाको आवश्यता र औचित्यको बिषयमा पार्टीका नेताहरुसंग अन्तक्रिया गरेको छ ।
शनिवार आयोजित अन्तक्रिया कार्यक्रकमा पार्टीले लिएको समाजवादको बाटो तथा हालै गठन गरिएको समाजवादी मोर्चाको बिषयमा गहन रुपमा छलफल भएको जनाइएको छ ।
अन्तक्रिया कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुले उठाएका जिज्ञासाहरु माथी नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सचिव नागेद्र चौधरी र पर्सा अध्यक्ष बालगोपाल थापाले प्रकाश पारेका थिए ।
अन्तक्रिया कार्यक्रममा पार्टीका लेखा आयोग सदस्य किशोरी कुशवाहा,पर्सा उपाध्यक्ष गंगा खड्का, प्रदेश कमिटी सदस्य बृज यादव,जोगमाया तमाङ, महानगर कमिटीका अध्यक्ष मनोज चौधरी,उपाध्यक्ष मंजुर आलम,सचिव बृजलाल पासवान,जिल्ला सचिवालय सदस्यहरु द्ववारिका श्रीवास्तव र अनिल पटेल लगायतको सहभागीता रहेको थियो ।
अन्तरकृयामा पार्टीका केन्दीय सचिव नागेन्द्र चौधरीले (एकिकृत समाजवादी) पार्टीको नेतृत्वले मात्र समाजवादको लक्ष्य प्राप्त गर्न सकिने बताए । उनले समाजवादी मोर्चा गठनले देशका सबै समाजवादी शक्तिहरुलाई पार्टीले एक ठाउमा ल्याउन नेतृत्व गरेको छ जसले सरकारको काम कारवाहीमा झनै सहज हुने बताए ।
Facebook Comments Box