सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ असार ।
वीरगंजस्थित होटेल क्राउन प्लाजामा यौनधन्धा संचालन भैरहेको पाइएको छ ।
शुक्रबार मीना बजार स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको टोलीले होटेलबाट यौन धन्धामा संलग्न महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ ।
यौन व्यवसायी र ग्राहकलाई प्रहरीले नियंत्रणमा लिएपछि आक्रोशित होटेल संचालकले मीना बजार स्थित समुदायिक प्रहरी सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक माथि धाक धम्की एवं दुर्व्यवहार सहित रिहा गर्न दबाव दिएपछि होटेल संचालकलाई समेत पक्राउ गरि वडा प्रहरी कार्यालय बिर्तामा पठाईएको छ ।
होटेल संचालक पक्राउ परेपछि यतिखेर उनलाई रिहा गर्न मीना बजार स्थित सामुदायिकका पदाधिकारी र प्रहरी समेतलाई दबाव दिन लगाई रहेको खबर प्राप्त भएको छ ।
होटेल व्यवसायीले यौन धन्धामा संलग्न व्यक्तिको नक्कली नाम र ठेगाना रजिस्टरमा लेखि २०१ नं. कोठा उपलब्ध गराएका थिए ।
सो होटेलमा निरन्तर रुपमा यस्ता क्रियाकलाप हुने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
Facebook Comments Box
सम्बन्धित खबर