spot_img
Homeसमाचारनारायणगढ मुग्लिन सडकखण्ड रातभर नखुल्ने

नारायणगढ मुग्लिन सडकखण्ड रातभर नखुल्ने

चितवन, १४ असार (रासस)
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा आज दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन ।
सुख्खा पहिरोसँगै ढुंगा खसिरहेकाले शुक्रबार बिहानदेखि पहिरो पन्छाइने भएकाले रातभरि सडक अवरुद्ध हुने भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ढुंगा खसिरहेकाले बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम सुरु गरिने भएको छ । पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते हुनुभएको छ ।


प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा खसेर लाग्दा शाह घाइते हुनुभएको हो । घाइते शाहलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -