सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असार ।
लागु औषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले लागु औषध नाइट्राभेट ट्याब्लेट सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय सहर रक्सौलबाट बुधवार बिहान ९ः०० बनेको समयमा शंकास्पदरूपमा पैदल वीरगंज तर्फ आउदै गरेका भारत विहार जि.मोतिहारी थाना रक्सौल निवासी २० वर्षीय अनिल भन्ने अनिष सिंहलाई रोकेर चेकजांच गर्दा निजले बोकेको कालो व्यागभित्र लुकाइ छिपाई राखिएको लागु औषध नाइट्राभेट ट्याब्लेट १४७० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि निज सिंहलाई नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box