सहारा दैनिक

spot_img
Homeसमाचारबाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवन अगाडि प्रदर्शन

बाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवन अगाडि प्रदर्शन

हेटौँडा, १३ असार (रासस)
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन् ।
धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन् । धादिङको नीलकण्ठ र नगरपालिका सिद्धलेक गाउँपालिकाका किसानले बाँदरका कारण खेती गर्न नपाएको भन्दै विरोध गरेको बताइएको छ ।
दुईवटा बस रिर्जभ गरेर करिब एक सय ५० जना किसान हेटौँडा आइपुगेको जनाइएको छ ।

बाँदरले जनजीवनमा समस्या पारेकाले प्रदेश सरकारले सम्बोधन गरिदिनुपर्ने किसानको माग छ ।
धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका किसानले अन्तर्राष्ट्रिय कानून देखाएर बाँदर आतङ्क बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रर्दशन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले किसानलाई छलफलका लागि बोलाउनुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -