सहारा दैनिक

spot_img
Homeदेशमधेशश्रोत नखुलेको रकम सहित पक्राउ साहलाई छुटाउन शक्ति केन्द्र सकृय

श्रोत नखुलेको रकम सहित पक्राउ साहलाई छुटाउन शक्ति केन्द्र सकृय

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ असार ।
श्रोत नखुलेको रकम सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ आउने क्रममा बारा जिल्ला प्रसौनी गाउपालिका निवासी सनिल साहलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले चेक जाँचको क्रममा वीरगंज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट नजिकबाट साहलाई पक्राउ गरिएको हाम्रा समाचारदाताले बताएका छन ।
साहलाई श्रोत नखुलेको रु. ८ लाख नगद सहित पक्राउ गरिएको बताइएको छ ।


हुण्डीको रकम ओसार पोसार गर्ने बारा जिल्ला प्रसौनी गापा स्थित स्कुलका शिक्षक समेत रहेका स्थानी सुभाष साह समुहको रक्सौलबाट उक्त रकम लिएर आउने क्रममा सुनिल साहलाई प्रहरीले पक्राउ गरेको श्रोतले जनाएको छ ।
श्रोत नखुलेको रकम सहित शुक्रवार दिउसो पक्राउ परेका सुनिललाई छुटाउन सुभाष समुहले अर्थ सहित विभिन्न शक्ति केन्द्रबाट प्रहरी माथी दवाव दिइ रहेको हाम्रा समाचार श्रोतले जनाएको छ ।
यस सम्बन्धमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रनि विदुर शिवाकोटिले पक्राउ परेका साहलाई मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -