सहारा दैनिक

spot_img
Homeदेशमधेशगहवामाई मन्दिर वीरगंजको ऐतिहासिक रथयात्रा

गहवामाई मन्दिर वीरगंजको ऐतिहासिक रथयात्रा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ असार ।
वीरगंज माईस्थान स्थित गहवामाई मन्दिरबाट पहिलोपटक भव्यताका साथ मंगलवार रथयात्रा सम्पन्न भएको छ ।
गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वर्ष पूरा भएको अवसरमा मंगलवार पहिलो पटक निकालिएको भव्य रथ यात्रामा मानव सागर नै ओर्लिएको थियो ।
बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट निकालिएको रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएको छ ।
रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरूको मानव सागर नै आर्लिएको थियो । मन्दिर परिसरबाट शुरू भएको रथयात्रा माइस्थान चोक, घणटघर, रेल्वे रोड हुंदै छपकैया पुगेर त्यहाबाट श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान भई पुनः माईस्थान मन्दिर प्रांगणमा पुगेर समापन भएको हो ।


रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झांकी प्रदर्शन सहित हजारौं भक्तजनहरूले जयमाता दी लेखिएको भगवा झण्डासिहत सहभागी भएका थिए ।
रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउ–ठाउमा चिसो पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए ।
मंगलवार बिहान रथ यात्रा समापन भएको छ भने सांझ माइस्थान मन्दिर परिसरमा भजनकिर्तन गरिएको छ ।
बुधवार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरूका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -