सहारा दैनिक

spot_img
Homeदेशमधेशभाषा र संस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ–प्रदेश मन्त्री कुर्मी

भाषा र संस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ–प्रदेश मन्त्री कुर्मी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ असार ।
मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले मधेस प्रदेशमा बोलिने भाषामा बुलेटिन प्रकाशनमा राष्ट्रिय समाचार समिति (रासस)लाई प्रदेश सहयोग गर्ने बताउनुभएको छ ।
राससको सहकार्यमा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले वीरगंज स्थित क्लासिक व्यांकेट हलमा पत्रकारहरुको लागी आयोजना गरेको दुई दिने अभिमुखीकरणको उद्घाटन कार्यक्रममा मन्त्री कुर्मीले यस्तो बताउनु भएको हो ।
उहाले मधेस प्रदेशमा बोलिने मैथिली र भोजपुरीलगायतका भाषामा बुलेटिन प्रकाशन गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।
भाषा र संस्कृतिको संरक्षण र संवर्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै मन्त्री कुर्मीले राज्य र जनतालाई जोड्न राससले पुलको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले जनताका विषय र समस्यालाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दि“दै राससलाई सरकारी सञ्चारमाध्यमका रूपमा हेरिने दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको पनि बताउनुभयो ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई अन्तर्राष्ट्रिय स्तरको समाचार एजेन्सी बनाउने र डिजिटल प्रविधिमा लैजाने योजनाका साथ काम भइरहेको जानकारी दिनुभयो ।
उहाले लोकतन्त्र बलियो बनाउन सञ्चारमाध्यम सवल हुनुपर्ने भन्दै राससलाई तीन वटै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष झाले निकट भविष्यमै राससले २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी समेत दिनुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेशकुमार ढकाल, सामुदायिक रेडियो प्रसारक संघका पूर्वमहासचिव गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिका प्रमुखका प्रेस सल्लाहकार महेश दासले पत्रकारहरूको क्षमता अभिबृद्धिमा लगानी भइरहको भन्दै महानगरले आगामी आर्थिक वर्षमा राससका लागि पनि बजेट बिनियोजन गर्ने जानकारी दिनुभयो ।
सो अवसरमा राससमा कार्यरत समाचारदाता सत्यप्रसाद श्रेष्ठ, कार्यालय सहयोगी सूर्यप्रसाद बराल, पूर्वकर्मचारीहरू ईश्वरचन्द्र गौतम, हिमांशु चौधरी, प्रभाषचन्द्र झा र वीरेन्द्र कर्णलाई सम्मान गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -