सहारा दैनिक

spot_img
Homeदेशमधेशएसोसिएशनको अहवानमा मालसामान ढुवानी ठप्प

एसोसिएशनको अहवानमा मालसामान ढुवानी ठप्प

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ असार ।
ट्रन्सपोर्ट एसोसिएशनको अहवानमा ढुवानी व्यवसायीहरुले पर्सा जिल्लाबाट मंगलवार देखि ढुवानी ठप्प पारेका छन ।
प्रहरी र राजश्व अनुसन्धान कार्यालयले विभिन्न बहानामा दुःख दिएको भन्दै एसोसिएशनले ढुवानी कार्य ठप्प पारेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका इकाईहरुले विल विजक भए पनि कागजपत्रहरु नलिइ मालबाहक ट्रकहरु नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाउने गरेका छन भने राजश्व अनुसन्धानले विभिन्न बहानामा अल्झाएर झण्डै १०–१२ दिन सम्म भाडामा लिएको ट्रकहरुलाई राखेर दुःख दिएको भन्दै एसोसिएशनले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत सरकारलाई असार १ गते नै ज्ञापन पत्र बुझाएका थिए ।


ज्ञापन पत्र बुझाउदा पनि कुनै किसिमको कारवाही नभएको र प्रहरीले विभिन्न ट्रन्सपोर्ट (ढुवानी व्यवसायी) मार्फत मालसामान बोकेर वीरगंजबाट निस्किने ट्रकहरुलाई समात्ने क्रम नरोकिएकोले मंगलवार देखि ढुवानी ठप्प पारेको एसोसिएशनका पर्सा अध्यक्ष बालकृष्ण पोखरेलले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -