spot_img
Homeदेशमधेशसप्रनामनि शाहलाई भन्सार राजश्व छली गरी सामान भित्रियाउने गरेको दृष्य प्राप्त भए...

सप्रनामनि शाहलाई भन्सार राजश्व छली गरी सामान भित्रियाउने गरेको दृष्य प्राप्त भए पनि रोकिएन तस्करी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ असार ।
तस्करी साम्राज्यका माफिया एवं गिरोहहरूले तस्करी नियन्त्रणमा खटिएका प्रमुख जिम्मेवार निकाय सशस्त्र प्रहरी बललाई मागेजति भेटि चढाएपछि जति विरोध भएपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।
कांंग्रेस सरकारको पालामा हुने संस्थागत तस्करीलाई पनि पछाडी पार्नेगरी यतिखेर मधेश प्रदेशका विभिन्न जिल्लामा खुल्ला रुपमा तस्करी भइरहेको देख्दा सीमा क्षेत्र तस्करकै नियन्त्रणमा रहेको भान हुन थालेको छ ।
देशकै सबभन्दा बढी भंसार राजश्व उठ्ने नाका वीरगंज भन्सारमा राजश्व असुली दिनानुदिन गिर्दो अवस्थामा छ. तर सशस्त्र प्रहरी बलकै संरक्षणमा भने तस्करी धन्दा नियन्त्रणभन्दा बाहिर छ ।
वीरगंज भन्सार मूख्य गेटबाटै दैनिक रुपमा भइरहेको तस्करीबारे सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र शाहलाई सीमा नाकाबाट हुने तस्करीबारे जानकारी हुंदा पनि त्यसमा कुनै कमी आउनुको सट्टा झन बढ्दै जानुले तस्करको जालो र प्रभाव सशस्त्र प्रहरी बलको डिआइजीसम्म रहेको स्पष्ट हुन्छ ।

पर्सा जिल्लाको मूख्य नाका वीरगंज भन्सार, त्यसको पछाडीको बांसघारी, इनरवा गाउ, छपकैया, सिर्सिया र बारा जिल्लाको सीमावर्ती क्षेत्रबाट तस्करहरुले ठूलै लाइन लिएर तस्करी गरिरहेका छन् । दैनिक करोडौंको भन्सार राजश्व छल्ने गरी कपडा, काजु, छोहडा, चुइगम उत्पादन गर्ने कच्चा पर्दाथ गमबेस, मोटर पाटर्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रीकल समाग्रीका साथै किरानाका सामानहरु भारतबाट नेपाल भित्रियाउन तस्करहरुले सीमावर्ती क्षेत्रका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जिल्लाका साथै प्रदेशस्तर सम्म समेत सेटिङ गरेर लाइन चलाइरहेको तस्कर वृतमा नै चर्चा चलेको छ ।
तस्करहरुले अटो रिक्सा, मोटरसाइकल, साइकल र पैदल भरियाहरूको माध्यमबाट गांठका गांठ कपडा लगायतका समाग्रीहरु भारतबाट नेपाल ल्याएर नक्कली बिलको आधारमा नेपालको विभिन्न भागमा पठाउने गरेको स्रोतको दावी छ ।
यसै विच सोमवार अपराह्न्न वीरगंज–रक्सौल विचको मुख्य नाका वीरगंज भन्सार देखि दक्षिण र शंकराचार्य द्वार देखि उत्तर तर्फ सडकमा अवैध रुपले नेपाल भित्रियाउने प्रयास गरिरहेको झण्डै १ लाख मुल्य बराबरको चुइगम बनाउने कच्चा पदार्थ गमबेस बोकेको मो.सा. को फोटो र भिडियो सहित सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा र छिनमस्ता बाहिनि बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरिक्षक शाहलाई वाट्स्एपमा पठाएर जानकारी गराउदा पनि गमबेस बोकेको मो.सा. भन्सार राजश्व छली गरी वीरगंज भित्रिन सफल भएको प्रत्यक्ष रुपमै देखिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -