सहारा दैनिक

spot_img
Homeदेशमधेशनाला माथीको अतिक्रमण हटाउन मेयर सिंहको निर्देशन

नाला माथीको अतिक्रमण हटाउन मेयर सिंहको निर्देशन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असार ।
बीरगंज महानगर अन्तरगतका मुख्य नाला माथी निर्माण भएको घर र नालाको अतिक्रमणले सफाइमा बाधा उत्पन्न भएको महानगरपालिकाले जनाएको छ ।
वर्षायाम लाग्न अधि बीरगंज महानगरको मुख्य नालाहरु सफा गर्नेक्रममा नाला माथी बनेको घर एवं संरचनाले सफाई अभियानमा बाधा उत्पन्न भएको हो ।
वीमनपा वडा नं. १० आदर्शनगर स्थित कर्पोरेट डेभलपमेन्ट बैक रहेको घर , क्लासिक होटल, हरिखेतान कलेज सहितको घरहरु नालामाथी बनेको छ ।
वर्षौदेखी सफा हुन नसकेको मुख्य नाला अहिले बीरगंज महानगरपालिकाले चेन स्काभेटर र सरसफाइ कर्मचारी प्रयोग गरी सफाई अभियान संचालन गरेको छ ।


बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले मुख्य नाला सफाईको अनुगमन गर्नु भएको छ । नालामाथिको अवैध र अतिक्रमीत संरचना हटाउन र नाला सफाई नरोक्न प्रमुख सिंहले निर्देशन दिनु भएको छ । नालामाथी बनेको केही घरको कारण सफाइ हुन नसकेको देखिएको मेयर सिंहले बताउनु भयो ।
नालामाथी बनेको घर र संरचनाले वर्षायाममा पुरै बजार डुवानमा पर्ने गरेको विदितै रहेको मेयर सिंह बताउनु हुन्छ ।
एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा नजिकको नाला दुई दशकपछी सफा भएको छ ।
नाला सफा गर्नका लागि जिल्ला प्रसाशन कार्यालय बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -