spot_img

भन्सार छली गरी ल्याइएको मोबाईल र घडी सहित एक पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असार ।
भन्सार छली गरी ल्याइएको बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा भन्डारण गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.३२ वदननगरका मनोज साहको घरमा कोठा भाडामा लिइ बस्ने भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर निवासी मनोज कुमारको कोठा खानतलासी गर्दा Apple मोबाईल २ थान, Redmi ७ थान, Oppo ९ थान, Vivo १० थान, One plus २ थान, Samsung १३ थान, Realme २ थान, Techno १० थान, Techno Pova १ थान, Itel १ थान,Techno Cammon १ थान र Poco १ थान गरी ५९ थान मोबाईल र Titan घडी ११४ थान, Sonata घडी ५ थान, Hilfiger १२ थान, Fast Tack ५४ थान गरी १८५ थान घडी बरामद भएको जिप्रकाले जनाएको छ ।


बरामद गरेको घडी र मोबाइलहरुको रू.१९ लाख १४ हजार मुल्यांकन गरी मनोज कुमार सहितलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर