सहारा दैनिक

spot_img
Homeसमाचारभ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई निर्देशन

भ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई निर्देशन

काठमाडौँ, ३२ जेठ (रासस)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न÷नगराउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै उक्त कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।


मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लै·िक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिंग छनोट अन्त्य गर्न कार्यनीति लिंग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।
मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिंग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिंग पहिचान नगर्न भनिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -