सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ जेठ ।
विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएशन पर्साले सम्मान तथा नेपाल रेडक्रस सोसाइटी पर्साले उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा सम्मान तथा उत्प्रेरणा कार्यक्रमका साथै विभिन्न तीन संस्थाले रक्तदान कार्यक्रम गरिएको हो ।
प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते मनाइने विश्व रक्तदाता दिवसको अवसरमा बुधवार ब्लोदान पर्साले राणीसति अतिथि सदनमा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शरीरको रगत त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गर्दै रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने बताउनु भयो ।
उहाले आपूmले पनि रक्तदान गर्दै आएको बताउदै स्वस्थ अवस्थाका १८ वर्ष माथि र ६० वर्ष मुनिका सबैलाई रक्तदान गर्न आग्रह गर्नु भयो ।
ब्लोदान पर्साका अध्यक्ष्ँ शत्रुघ्न नेपालको अध्यक्ष्ँतामा आयोजित कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगंजका अध्यक्ष्ँ धु्रव साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ संस्था, सोही अवधिमा दुईपटक वा सोभन्दा बढी रक्तदान गर्ने संघसंस्था, आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता, प्रत्येक तीन÷तीन महीनामा रक्तदान गर्ने पा“च जना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जूस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग गर्ने सञ्जु साह, रामबाबू सिंह लगायतलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रममा ब्लोदानका सदस्य शिवजी गुप्ताले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरण गरेका थिए । यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमा बहुदरमाई नगरपालिका अन्तरगत दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
नेरेसो भौराटारका अध्यक्ष काशी साह र गम्हरिया शाखाका अध्यक्ष मौलाद्दीन मिया“को अध्यक्षतामा आयोजित उत्प्रेरणा कार्यक्रममा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कंडेल, रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे र नेरेसो उपशाखा रेशमकोठीका लालबाबू सिंहले रक्तदान सम्बन्धी सहभागीहरुलाई तालीम मार्पmत् सचेत गराएका थिए । त्यस्तै रेडक्रस दिवसको अवसरमा पर्सा र बारा जिल्लाका तीन वटा संस्थाले रक्तदान कार्यक्रम गरेका छन् । नेरेसो पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगंजमा रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताउनु भयो । नारायणी वयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिला सहित ४१ जनाले रक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताउनु भयो ।
बारा जिल्ला छातापिपरामा सौरभ पूmड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन ।